धादिङ चैत्र २५ । धादिङको उत्तरी क्षेत्र रुबीभ्याली क्षेत्रको प्रर्यटन पर्वद्धनको लागि टानले विनियोजन गरेको पैसा काम सकिएको ४ वर्ष विति सक्दा समेत भुक्तानी दिएको छैन ।
ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) ले विनियोजन गरेको रकमबाट काम भएको ४ वर्ष विति सक्यो तर मजदुरले ज्याला नपाएको स्थानिय सुक तामाङले बताए ।
टानका पुर्व अध्यक्ष रमेश धमलाको नेतृत्वले रुवी भ्याल्लीमा नेपाल मार्केट डेभलप्मेन्ट प्रोग्राम ९सार्मथ्य० को साझेदारीमा पोटर सेल्टर, गोरेटो बाटो, भ्यू टावर तथा पुल निमार्ण गरेको थियो । भुकम्पअघि ९५ प्रतिशत कार्यसम्पन्न भएको रुवी भ्याली टेल निमार्णमा संलग्न व्यक्तिहरुले टेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) बाट सम्झौता बमोजिम पाउनु पर्ने रकम ४ बर्ष वितिसक्दा पनि नपाएको गुनासो गरेका छन ।
धमलाको नेतृत्वले स्थानीयलाई काममा लगाई अहिले सम्म कामको ज्याला समेत नपाएको भन्दै रुवी भ्याल्लीका स्थानीयबासीले टानको विरोध गर्दै आईरहेको छ । आफुहरुले पाउनुपर्ने रकम दिन बारम्बार ताकेता गर्दा पनि टानले वेवास्ता गरेको सुक तामाङले जानकारी दिएका छन ।
टानबाट रुवी भ्यालीबासीलाई काम गरे बापतको प्रसाशनिक खर्च बाहेक ३५ लाख ८९ हजार ५ सय ६० रुपैयाँ दिन बाँकी रहेको छ । प्रशासनिक खर्च सहित ३९ लाख ६९ सत्तरी हजार ६ सय ७८ रुपैया दिन बाँकी रहेको छ । पुर्व कार्यसमितिले डिएफआईडीसँग पहल गरी बर्तमान कार्यसमितिलाई ११ लाख २९ हजार ३ सय ९९ रुपैयाँ उपलब्ध गराएको प्रथम उपाध्यक्ष तेज गुरुङले जानकारी दिएका छन । तर टानले उक्त रकम हाल सम्म पनि किन भुक्तानी नगरेको भन्ने विषयमा आफु जानकार नभएको उनले बताए ।
टानले सम्झौता बमोजिम २० प्रतिशतले हुन आउने रकम २४ लाख ६० हजार १ सय ६१ रुपैयाँ दिनु पर्ने छ । यसरी डिएफआईडिबाट सार्मथ्य नेपालमार्फत प्राप्त रकम समय मै कामदारहरुलाई उपलब्ध नगराएको गुरुङको आरोप छ । तर टानका अध्यक्ष नवराज दाहालले भने भुकम्प पछि उक्त संरचना ध्वस्त भएको भन्दै डिएफआईडिले रकम नदिएको बताए ।