धादिङ चैत्र २३ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका स्थित सेमजोङमा धादिङकै सर्वाधिक पुरस्कार राशीको दशौं वाका कप खुल्ला फुटबल प्रतियोगिता सुरुभएको छ ।
वाकाको पहिचान, फुटबल र वाकाको बिकास हाम्रो अभियान भन्ने नाराको साथ सेमजोङ स्थित न्यु वाका राह युवा क्लव नेत्रावती डब्जोङ गाउँपालिकाले आयोजना गरेको यस प्रतियोगितामा २४ वटा टिमले भाग लिने छन् ।
शविबार बिहान देखि परेको पानीले खेललाई अफ्ठ्यारो बनाए पनि आज उद्घाटनको दिन ३ खेलहरु भएको आयोजक क्लवका बेगबहादुर तामाङले धादिङपोष्टलाई बताए ।
आज भएको तीन खेलहरुमा पहिलो खेल न्यु वाका राहा युवा क्लब (C) गैरा सेमजोङ र न्यु वाका राहा युवा क्लब (F) गैरा सेमजोङ बीच भएको थियो यस खेलमा न्यु वाका राहा युवा क्लब (C) ४-१ गोलको अन्तरले विजयी भएको छ ।
यस्तै दस्रो खेल घोडे मैदान युवा क्लब (A) सेल्ले विरुद्ध चौतारा युवा क्लवले ४ गोल गरेको थियो । त्यस्तै उद्घाटनको दिन भएको अन्तिम खेल म्यागाङ गाउँ पालिका क्लबले २-१ को अन्तरले मैबोल युवा क्लवलाई हराएको थियो ।
खुल्ला अन्तर क्लव स्तरिय यस प्रतियोगितामा प्रथम हुनेले १ लाख ५ हजार पुरस्कार राशि हात पार्ने छ भने दोश्रो हुनेले ५५ हजार ५ सय ५५ नगद हात पार्ने छन् ।
यस अघिका समाचारहरु
धादिङको सर्वाधिक राशीको वाका कप भोलि देखि
दशौं वाका कपको तयारी तिब्र, सहयोग आउने क्रम जारी
धादिङमा दशाैं वाका कप चैत्र २२ देखि
नवौं वाका कपको उपाधि न्यु वाका राहलाई
नवौं वाका कप फुटबल प्रतियोगिता हुँदै
आठौ वाका कप, नव स्टार युवा सामरीले चुम्यो