धादिङ चैत्र ८ । नेपालका बोर्डिङहरुले अब अंग्रजी मात्र पढाएर नपुग्ने प्याब्सनका केन्द्रिय प्राज्ञिक सल्लाहकार राजकुमार महर्जनले बताए ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन धादिङको विस्तारित भेला उद्घाटन गर्दै कार्यक्रममा प्रमुख अतिथि समेत रहेका महर्जनले निजी विद्यालयले अंग्रेजी सिकाएर मात्र नपुग्ने बताएका हुन् ।
अब अंग्रेजी माध्यमकाे पठन पाठनले मात्र नपुग्ने भन्दै कम्तिमा पनि १२ कक्षा पास गरे सँगै स्वदेशमै रोजगारीमा लाग्न सक्ने व्यवसायिक सीप सहितको शिक्षा तर्फ ध्यान दिनुपर्ने बताएका थिए । राज्यले गुणस्तरीय शिक्षाका लागि वकालत गरे पनि शैक्षिक नीति, व्यवहरिक र सीपमूलक हुन नसकेको समत उनले बताएका थिए ।
बाेर्डिङ स्कुलहरु केही वर्षमा बन्दहुने डुङ्का पिट्ने केही शिक्षा विद्हरुकाे भनाई तर्क रहित राज्यकाे दायित्व बाहिर रहेकाे बताउँदै केन्द्रीय उपाध्यक्ष शान्त विक्रम बानियाँले राज्यसँगकाे सहकार्यमा हामी छाैँ र निरन्तर सहकार्य गर्ने बताएका थिए ।
बानियाँले निजी विद्यालय सरकारी विद्यालयकाे पुरक रहेकाे र सरकारी विद्यालयले निजी विद्यालयलाई सराथीकाे रुपमा अंगिकार गर्नुपर्ने जिकिर गर्नु भएकाे थियाे ।
प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकीको अध्यक्षतामा भएको उक्त विस्तारित भेलामा प्याब्सन धादिङकाे आगामी शैक्षिक वर्ष २०७६ काे कार्य याेजना तयार, परीक्षामा एकरुपता र जिल्लाभर पाठ्यपुस्तक एउटै लागू गर्ने तय गरिएकाे छ ।
भेलामा प्याब्सन केन्द्रिय उपाध्यक्ष शान्तविक्रम बानियाँ, जिल्ला सल्लाहकारहरुको आतिथ्यता सहित धादिङ जिल्लामा रहेका प्याब्सन सँग आवद्ध निजी विद्यालयहरुको अध्यक्ष र प्रिन्सिपलहरुको सहभागिता रहेको थियो ।