धादिङ चैत्र ५ । धादिङ जिल्लामा सामाजिक विकासमा योगदान गर्दै आएको प्रयास नेपाल धादिङले आफ्नो स्थापना दिवसको अवसरमा जनभोजनालयलाई सहयोग गरेको छ ।
धादिङ जिल्लाको थांक्रे गाउँपालिका वडा नं ५ दामेचौरमा रहेको जनभोजनालयलाई प्रयास नेपाल धादिङले आफ्नो १८ औ स्थापना दिवसको अवसरमा २५ हजार नगद सहयोग गरेको हो ।
जनभोजनालय संचालन गरि बालबालिकालाई निशुल्क सेवा दिदै आएको प्रेमसागर फाउन्डेसनलाई खाजा र खाना खुँवाउदा एकदिनमा हुने खर्च रु २५ हजार रकम खर्च प्रयासु नेपालले संस्थाका उपाध्यक्षलाई हस्तान्तरण गरिएको थियो ।
प्रेमसागर फाउन्डेसनद्वारा संचालित जनभोजनलयमा मकवानपुर जिल्लाको ३ वटा माध्यमिक बिद्यालय, १ वटा आधारभुत बिद्यालय र धादिङ जिल्लाको १ वटा माध्यमिक बिद्यालय, ३ वटा आधारभुत बिद्यालयका गरि जम्मा ५ सय जना छात्र छात्राहरुलाई बिहानको खाना र १ हजार ५ सय जना छात्र छात्रालाई बिद्यालयमा नै पुर्याई दिउँसोको खाजाको ब्यवस्थापन गर्दै आएको संस्थाका भोला राउतले जानकारी दिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष सबिता अर्याल, उपाध्यक्ष रेष्टन कडेल, सचिव विर बहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल लयायत कार्यसमितिका पदाधिकारी, कर्मचारीहरुको सहभागीता रहेको संस्थापक उपाध्यक्ष कपिलदेव सापकोटाले जानकारी दिए ।