धादिङ चैत्र ४ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ तिलारमा स्वराज मिनिट्रक (आईचर) दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङलले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रकाश बिष्टका अनुसार तिलार स्थित भित्रि कच्ची सडक खण्डमा खहरेबाट कार्कीगाँउतर्फ ढुङ्गा लोड गरी जादै गरेको ग १ ख ५९५९ को स्वराज मिनिट्रक सडकबाट १५ मिटर तल खसेर दुर्घटना हुँदा त्रिपुरासुन्दरी गाउँपालिका ७ का अर्जुन भुजेलको मृत्यू भएको हो ।
घाईतेहरु
१. धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ४ बस्ने बर्ष २८ को राजेश भण्डारी टाउको र ढाडमा चोट उपचारको लागि ट्रमा सेन्टर काठमाण्डौ पठाइएको
२. त्रिपुरासुन्दरी गाउँपालिका ७ बस्ने बर्ष २५ को तिलक श्रेष्ठ दाहिने खुट्टा भाचिएको‚ उपचारको लागि ट्रमा सेन्टर काठमाण्डौ पठाइएको
३. त्रिपुरासुन्दरी गाउँपालिका बस्ने बर्ष अं।२४्२५ कि बिमला तिम्मलसेना स्थानिय मेडिकलमा उपचार भई रहेको अवस्था
४. त्रिपुरासुन्दरी गाउँपालिका बस्ने बर्ष २६ को बिष्णु सुर्खेति स्थानिय मेडिकलमा उपचार भई रहेको‚ अवस्था