सञ्जय देवकोटा
धादिङ, चैत्र ३ । प्रगतिशील लेखक संघ धादिङको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा रमेश अधिकारी चयन भएका छन् ।
शनिबार धादिङबेसीमा सम्पन्न संघका अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति बनाउँदै अध्यक्षमा अधिकारीलाई चयन गरेको हो ।
संघका केन्द्रीय सचिव प्रकाश सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा, प्रगतिशील लेखक उत्तम कंडेल, रुपक अलङ्कार लगायतको आतिथ्यता रहेको थियो ।
नयाँ बनेको कार्य समितिमा अध्यक्ष रमेश अधिकारी उपाध्यक्षमा केशव दुवाडी, सचिवमा विष्णु प्रसाद कोइराला, कोषाध्यक्षमा सिर्जना अर्याल रहेका छन् ।
अधिवेशनमा बोल्दै प्रलेसका केन्द्रीय सचिव सिलवालले प्रगतिशील लेखकहरुले समाजमा रहेका कुरीति, कुसंस्कार र कुप्रथाको विरुद्ध लेखनमार्फत बोल्नुपर्ने बताएका थिए । उनले राजनैतिक विसङ्गति, भ्रष्टचार, दमनका विरुद्ध आफ्ना कलम सशक्त बनाउदै असल संस्कृति निर्माणमा प्रगतिशील लेखकहरुको उल्लेख्य भूमिका रहने पनि बताएका थिए ।