धादिङ सिद्धलेक फागुन । धादिङको सिद्धलेक गाउँपालिकामा कृषकहरुले व्यवसायीक बाख्रापालन शुरुवात गरेका छन् ।
परम्मरागत रुपमा बाख्रापालन गर्दै आएका किसानहरुले सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम संचालन पछि स्लवावलम्बी समूहमा आबद्ध भई व्यवसायिक बाख्रापालनको सुरुवात गरेका हुन् ।
सिद्धलेक गाउँपालिका वडा २ नलाङमा शिवशक्ति स्लवावलम्बी समूहमा आबद्धता हुँदै, आधारसिला, पशु व्यवस्थापन सम्बन्धि लगायत तालीमबाट ज्ञान तथा सीप हासिल गरी व्यवसायिक बाख्रापालन सुरुगरेका हुन् ।
बाख्रापालनका लागि खोरगोठ, घाँस, सन्तुलित दाना, खनिज व्यवस्थापन, खनिज ढिक्का, बाख्राको हेरचाह, महामारी रोगहरु सावधानी र नियन्त्रणका उपायहरु, नश्ल सुधार महत्व, गुणस्तरीय बाख्रा तथा बोका छनौट, बाहिरी परजिवीको बिषयमा ज्ञान पाएपछि व्यवसायिक बाख्रापालन गर्ने प्रेरणा मिलेको स्थानिए मीरा मगरले बताईन् ।
सिद्धलेकका मीराले मात्र नभएर सिद्धलेक वडा नं १ सिद्धेश्वरी समुह खरिबोटमा आबद्ध कमला अधिकारी, कमला भट्ट, गणेशस्थान समूह सिद्धलेक वडा नं ५ चाँपखोलामा आबद्ध जयलक्ष्मी गुरुङ, जलदेवी समुह काम्राङमा आबद्ध मञ्जीता घले, लगनशील समुह खनालटारमा आबद्ध बविता खनाल, मीरा गिरी लगायतले व्यवसायिक बाख्रापालन सुरु गरेका छन् ।
सिद्धलेक गाउँपालिका, हेपर ईन्टरनेशनलको आर्थिक प्राविधिक सहयोगमा प्रयास नेपाल धादिङले सिद्धलेक गाउँपालिकाको बडा नं १ देखि ५ सम्मका महिलाहरुलाई ४३ वटा समूहमा आबद्ध गराई सामाजिक पूँजि र महिला सशक्तिकरणलाई मजवुद बनाई राख्नको लागि कृषक परिवारहरुलाई कृषकहरु संस्थामा संगठित गर्नुका साथै व्यवस्थापकिय क्षमता अभिबृद्धि गर्ने, बाख्राको उत्पादन र उत्पादकत्व बृद्धिका लागि बाख्रा पालन किसानहरुको ज्ञानमा बृद्धि गरी पशु स्वास्थ्यमा पहुँच वढाउने र उत्पादनमा सहयोग र अन्य व्यवसायमा सहयोग गर्ने लक्ष्य अनुसार भएको कामबाट उपलब्धीहरु देखिन थालेको सिद्धलेक साना किसान सबलिकरण कार्यक्रमका संयोजक ईश्वरी कोईरालाले बताईन् ।
समुहका सदस्यहरुमा ज्ञान तथा सीप, क्षमता विकास गरी समूहलाई ब्यवस्थित बनाउनको लागि संस्थाबाट ४ दिने आधारसिला तालीम, समुह ब्यवस्थापन तालिम, महिला पुरुष समबिकास तालिम, पशु तथा स्रोतको उचित ब्यवस्थापन तालिम, घांस ब्यवस्थापन तालिम, प्रजनन स्वास्थ्थ तालिम तथा करेसाबारी ब्यवस्थापन तालिम उपलब्ध गराई गराईएको समेत कोइरालाले धादिङपोष्टलाई बताईन् ।
संयोजक कोईरालाका अनुसार प्राविधिक रुपमा पनि खोर निर्माण, नश्ल सुधार, पिपिआर खोप, नाम्लेजुकाको औषधी खुवाउने अभियान, कोशे र अकोशे घाँस खेती बिस्तार गर्न सहयोग पछि गाउँगाउँमा व्यवस्थित र व्यवसायीक रुपमा बाख्रापालन सुरुभएको हो र