धादिङ फागुन २४ । पशुपालन व्यवसायको आकर्षण बढी रहेको छ । गाईपालन वा भैंसी पालन व्यवसाय अहिले निवन निर्वाहमुखि भन्दा व्यवसायी मुखि बन्न सुरुगरेको छ ।
गाईको भन्दा भैंसीको दुध राम्रो भन्ने त हामी सबैले सुने कै हो तर किन भैंसीको दुध नै राम्रो यस विषयमा जानकार हुनै पर्छ । भैसीको दुधमा गाईको दुधमा भन्दा लगभग ५८ प्रतिशद बढी क्याल्सियम पाईन्छ ।
भैसीको दुधमा गाईको दुधमा भन्दा लगभग ४० प्रतिशद बढी प्रोटिन समेत पाइदो रहेछ । भैंसीको दुधमा गाईको दुधमा भन्दा लगभग ४३ प्रतिशद कम कोलेस्ट्रोल हुँने हुँदा भैसीको दुधलाई राम्रो मानिएको हो ।
भैसीका जातहरु मध्य सबैभन्दा बढी दुध दिने क्षमता बुल्गारियन मुर्र्हा अर्थात नेपालीहरुमा अर्ना जातको भैंसी हो, यसले दैनिक ३० सम्म दुध दिन सक्छ ।