पान्कोको हाजिरी जवाफमा न्यु धादिङ बोर्डिङ प्रथम

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २२, २०७५

धादिङ माघ २२ । निजी विद्यालयहरुको संस्था प्याब्सन तथा नेशनल प्याब्सन सम्योजन समिती (पान्को) धादिङको हाजिरी जवाफ प्रतियोगितामा न्यु धादिङ बोर्डिङ प्रथम भएको छ ।

केन्द्रमा निजी तथा आवासीय विद्यालयहरको अर्गनाईजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल (नेशनल प्याब्सन) समानान्तर संस्थाको रुपमा देखिए पनि धादिङमा भने यी दुुई (प्याब्सन तथा नेशनल प्याब्सन) मिलेर विगतका वर्ष देखि नै यस्ता कार्यक्रम गदै आई रहेका छन् ।

यस्तै यी दुई संस्थामा आवद्ध विद्यालयहरु बीच सोमबार भएको आधारभुत तह अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा नेशनल प्याब्सनमा आवद्ध विद्यालय न्यु धादिङ बोर्डिङ प्रथम भयो भने द्विातियमा प्याब्सनमा सँग आवद्ध विद्यालय चिल्ड्रेनपार्क मावि र तेश्राेमा नेशनल प्याब्सन कै धादिङ आवासिय मावि भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय ईकाई  प्रमुख शिव रेग्मीले शैक्षिक सुधारमा नीजि विद्यालयले पुर्याएको सहयोग  प्रशंषनिय रहेको बताएका थिए ।

यस अघिका समाचार
पान्काे डान्स प्रतियाेगिताको उपाधि एड्भान्स एकेडेमीलाई
पान्कोको हाजिरी जवाफमा एड्भान्स र न्यू किवो प्रथम