नलाङका केशव अर्यालले आत्महत्या गरे

Avatar photo
Dhadingpost
शुक्रबार, माघ ४, २०७५

धादिङ, सिद्धलेक माघ ४ । धादिङ सिद्धलेक गाउँपालिका नलाङ महादेवस्थानका केशव अर्यालले आत्महत्या गरेको प्रहरीले बताएको छ ।

अर्यालले आफ्नै घरको दलिनमा बिहिबार राती झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको हो ।

बैदेशिक रोजगारका क्रममा मलेसिया बसेर फर्किएका अर्याल सवारी चालक पनि थिए ।

दुई परिवार रहेका अर्यालको कान्छी श्रीमतीले छोडेर गएपछि जेठि सँग बस्दै आएका थिए ।

अन्दाजी ४० बर्षिय केशव अर्यालको दुई छोरी र दुई छोरा रहेका छन् ।