
एजेन्सी पुस २१ । अमेरिकी अन्तरिक्ष एजेन्जी नासाको अभियान ‘न्यु हराइजन्स’ले सौर्यमण्डलको बाहिरी भागमा रहेको पिण्डको तस्बिर खिच्न सफल भएको छ ।
सौर्यमण्डलको बाहिरी हिस्सामा रहेका पिण्डको अध्ययन गर्न पठाइएको अन्तरिक्ष यान न्यु हराइजन्सले अल्टिमा टुली नामक पिण्ड नजिक पुगेको अन्तरिक्ष यानले तस्बिरसहित कयौं जानकारी संकलन गरेको बीबीसीले उल्लेख गरेको छ ।
यानले पठाएको सन्देश नाशाको स्पेनमा रहेको एन्टेनाले समातेको थियो। सन्देश पृथ्वीसम्म आइपुग्न समेत छ घण्टा आठ मिनेट लागेको नाशाको भनाइ छ ।
सौर्यमण्डलको अन्तिम ग्रह यमबाट एक दशमलब पाँच अर्ब किलोमिटर टाढा रहेको सो यानले सन् २०१५ मा नै यम ग्रह पार गरेको थियो ।
पृथ्वीदेखि सम्पर्क हुने क्रममा यो अन्तरिक्ष यान छ अर्ब ५० किलोमिटरको दूरीमा रहेको थियो । यो अभियान पृथ्वीदेखि सबैभन्दा टाढा पुगेको एक सफल अभियान बन्न पुगेको छ ।
