सिद्धलेकमा गाई पालनबाट मासिक डेढ लाख आम्दानी

Avatar photo
Dhadingpost
शुक्रबार, पुस १३, २०७५

धादिङ पुस १३ । धादिङ सिद्धलेक गाउँपालिकाको एक मात्र व्यवसायीक गाई पालनबाट मासिक डेढ लाख आम्दानी भईरहेका बताईएको छ ।

गाई पालन व्यवसायबाट उल्लेख्य नाफा नभए पनि मासिक डेढ लाखको दुध बेच्छौं, गाई पालन केन्द्रका राम प्रसाद अर्यालले भने ।
राज्यले आर्थिक सहयोग नगरेको उक्त ५ करोड लगानीमा ०६९ सालमा सुरु गरिएको गाई पालन केन्द्रमा अहिले २८ वटा उन्नत जातका गाईहरु छन् ।

गाउँपालिकाले दाना पानी खुवाउने डुँड बनाई दिएको छ, बाह्य सहयोग भनेको यति मात्र हो । सरकार र विभिन्न एन्जिओ/आईएन्जिओहरु कति स्थानमा यस्ता व्यवसाय गर्ने किसानहरुलाई सहयोग गरेको पाईए पनि हामीलाई कसैले सहयोग नगरेको बताउँछन् राम प्रसाद अर्याल ।

सिद्धबाबा एग्रिकल्चर प्रालि नाम दिएर १० जना उद्यमीहरु मिलेर संचालनमा ल्याइएका उक्त गाई पालन लाई प्रभावकारि बनाउन ८० रोपनी जग्गा प्रालिले नै खरिद गरेको छ । अहिले घाँसको अभाव र चिसोको कारण दुधमा कमी आएको बताउँदै सिद्धबाबा एग्रिकल्चर प्रालिका व्यवस्थापक समेत रहेका रामप्रसाद अर्याल भन्दछन् हामीले जतिनै दुध उत्पादन गरेपनि धादिङबेसीका दुग्ध संकलन केन्द्रहरुले लिईदिदैनन् । कारण आफुहरुलाई समेत थाहा नभएको गुनासो गर्दै, गाई पालन केन्द्र अवलोकनका लागि पुगेका नेकपा धादिङका नेता रामबहादुर भण्डारी र सिद्धलेक गाउँपालिकाका प्रमुख प्रेमनाथ सिलवाललाई कृषि र पशुपालनलाई प्रत्सोहान गर्ने कार्यक्रहरु लाउन आग्रह गरे ।

त्यसोत सिद्धलेक गाउँपालिका नलाङ पाउनेटारमा १ करोड ३५लाख भन्दा बढी लगानीमा संचालनमा आएको गाई पालन केन्द्र बन्द भएको छ । लाप्साङ कर्पो एग्रिकल्चर एण्ड लाइभस्टक डेब्लभमेन्ट प्रालिले ३४ वटा उन्नत जातका गाईहरुल्याई सुरुगरेको व्यवसायीक गाईपालन दुधको बजार अभावका कारण बन्द भएको थियो ।