धादिङ पुस ५ । सिद्धलेक गाउँपालिकाले आफ्नाे गाउँपालिकाको सबै घरधुरीमा दुई वर्ष भित्र स्वच्छ खानेपानी पुर्याउन योजनाबद्ध रुपमा कार्य थालनि गरेको छ गाउँपालिका प्रमुख प्रेेेेमनाथ सिलवालले बताए । घर घरमा धारा जडान सहित खानेपानी पुर्याउन गाउँपालिकाले विभिन्न विकास साझेदारसँग समन्वय र सहकार्य गरी २ बर्ष भित्रमा स्वच्छ खानेपानी लक्ष्य लिएको गाउँपालिका प्रमुख सिलवाल बिहिवार बतााएका हुुुन् ।
घरघरमा स्वच्छ खानेपानी धारा सहितको कार्यक्रम अन्तरगत बिहीबार प्रयास नेपाल धादिङले अक्सफामको अार्थिक तथा प्राविधिक सहयोगमा पुर्णिामा परियोजना मार्फत संचालन हुने सिद्धलेक गापा वडा नं ४ को सुबिटार, चापडी, आदमारा र सिद्धलेक गापा वडा नं ५ आपटार, स्याखुटार खानेपानी योजना संचालन गर्न गाउँपालिका, उपभोक्ता समिति र साझेदार प्रयास नेपाल बिच बिहीबार सम्झौता सम्पन्न भएको छ ।
आज सम्झौता भएको योजनाहरु आगामी ४ महिना भित्रमा सम्पन्न गरिने प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु बताए ।
सिद्धलेक गाउँपालिकामा भएको सम्झौता कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, गाउँपालिकाका प्रमुख प्रेमनाथ सिलवाल, उपप्रमुख कमला शर्मा , प्रमुख प्रशासकीय प्रमुख लक्ष्मण भट्टराई , वडाध्यक्षहरु रामहरि बराकोटी, देव बहादुर पुलामी, डिल बहादुर घले, प्रयास नेपालका अध्यक्ष सहित ४ वटै उपभोक्ता समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियोे ।