सिद्धलेकको कार्यालय भवन मुख्य मन्त्रीद्वारा उद्घाटन

Avatar photo
Dhadingpost
बुधबार, पुस ४, २०७५

धादिङ पुस ४ । सिद्धलेक गाउँपालिकाको नव निर्मित भवन मुख्यमन्त्री डोरमणी पौड्यालले उद्घाट गरेका छन् ।

गाउँपालिकाको आन्तरिक कोषबाट २ करोडको लागतमा १ रोपनी ८ आना क्षेत्रफलमा निर्माण सम्पन्न भएको भवन अपाङमैत्री, सोलार प्यानल जडित तथा कर्मचारी आवास सहितको सुविधा सम्पन्न १६ कोठे पक्कि भवन आज मुख्य मन्त्री पौडेल उद्घाटन गरेका हुन् ।

भवन उद्रघाटन कार्यक्रममा सम्बोधन गर्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौड्यालले हरेक स्थानीय तहमा भौतिक पुनरसंरचना जारी रहेकोे बताए । सिद्धलेक गाउँपालिकाले कार्यलय संचालनको लागि धादिङ जिल्लामा पहिलो पटक सुविधा सम्पन्न भवन निमार्ण गरेको बताउँदै जनतको कामको कामलाई पनि चुस्तदुरुस्त बनाउन निर्देशन दिएका थिए ।

सिद्धलेक गाउँपालिकाका प्रमुख प्रेमनाथ सिलवालकोे अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघिय सांसद खेमप्रसाद लोहनी, भुमि त्रिपाठी लगायतका नेताहरुको विशेष आतिथ्यता रहेको थियो ।