सिद्धलेकको भवन उद्घाटन गर्न मुख्य मन्त्री आउँदै

Avatar photo
Dhadingpost
बुधबार, पुस ४, २०७५

धादिङ पुस ४ । धादिङ जिल्ला स्थित सिद्धलेक गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन आज नम्वर प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल आज धादिङ आउने भएका छन् ।

गाउँपालिकाको आन्तरिक कोषबाट २ करोडको लागतमा १ रोपनी ८ आना क्षेत्रफलमा निर्माण सम्पन्न भएको भवन अपाङमैत्री,सोलार प्यानल जडित तथा कर्मचारी आवास सहितको सुविधा सम्पन्न १६ कोठे पक्कि भवन उद्घाटन गर्न मुख्य मन्त्री पौडेल आज धादिङ स्थित सिद्धलेक गाउँपालिका आउने भएका हुन् ।

धादिङको १३ स्थानीय तहहरु मध्य आफ्नै भवन निमार्ण गर्ने सिद्धलेक गाउँपालिका यस सँगै पहिलो भएको छ । अधिकांश गाउँपालिकाले पनि कार्यलय भवन निमार्णका काम सुरु गरि सकेका छन् भने केहिले अझै कार्यलय भवन बनाउन सकिरहेका छैनन् ।