धादिङ कार्तिक १७ । भोकालाई एकछाक भोजन होइन, जीवन जिउने पनि जुक्ति सिकाउँ भन्ने नाराका साथ सानाकिसान सवलिकरण परियोजना अन्तरगतको तालीम भएको छ ।
धत्रादिङको सिद्धलेक गाउँपालिका वडा नं २ नलाङ पात्लेमा आयोजना गरिएको सानाकिसान सवलिकरण परियोजना अन्तरगतको आधारशिला तालिम शनिबार सम्पन्न भएको हो । वडा अध्यक्ष कमल बहादुर गुरूङले तालिम समापन कार्यक्रममा महिलाहरु सम्पन्न भएमात्र घर परिवार र समाज सम्पन्न हुने बताएका थिए ।
सञ्चालन गर्ने संस्था प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले हेफर ईन्टनेशनल नेपालको साझेदारीमा सामाजिक सत्भाव, महिला शसक्तिकरण र आयआर्जन वृद्धि गर्दै समृद्ध समाज निर्माण गर्न आधारशिला तालिमकोे आयोजना गरिएको बताएका थिए ।
तालिममा नेता नेतृत्व, स्वनेतृत्व, सकारात्मक सोच, यसका फाइदा, हाम्रो आस्था, विश्वास र मुल्यमान्यता तथा हेफरका १२ ओटा आधारशीला र साना पशुपालनको माध्यमबाट आयआर्जन वृद्धिका विषयमा सहजिकरण गरिएको प्रयास नेपालका इश्वरी कोइरालाले जानकारी दिइन् । फोटोः दामोदर अर्याल