सामूहिक बलात्कार गर्ने पाँच जनालाई दश वर्ष जेल सजाय

Avatar photo
Dhadingpost
अशोज १७, २०७५

गाईघाट, असोज १७ । उदयपुरको कटारी नगरपालिका–४ कि १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई दश वर्ष ६ महिना जेल सजायको फैसला सुनाएको छ ।

दण्ड सजाय पाउने चारै जना १५–१८ वर्षका किशोर हुन् ।

जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई मंगलबार जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति भराउने फैसलासमेत गरेको छ ।

१६ वर्ष नपुगेका एक जनालाई तत्काल सुधारगृहमा पठाउने तथा १६ वर्ष माथिकालाई कारागार पठाउने तयारी भइरहेको छ ।

२०७४ भदौ १६ गते पाँचै जनाले कटारीको खेलकूद मैदानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । बालिकाको अभिभावकको उजुरीको आधारमा गत भदौ १७ गते चार जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कटारीले बलात्कारसमबन्धी मुद्दा दर्ता गरेको थियो ।

पन्ध्र वर्षीय अभियुक्तलाई भने सात वर्ष जेल सजायको फैसला भएको छ ।