जिप दुर्घटनामा एकजनाको मृत्यु

Avatar photo
Dhadingpost
अशोज १५, २०७५

प्यूठान, असोज १५ । प्यूठानमा आज बिहान भएको जिप दुर्घटनामा गाउँपालिका–५ बस्ने शालीक बस्नेतको घटनास्थलमै मुत्यु भएको छ ।

लु १ च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्ने शालिक बस्नेतको घटनास्थलमै ज्यान गएको हो । ठूलाबेँसीबाट बाग्दुला आउँदै गरेको जिप गौमुखी ५ सालीबिसौनामा दुर्घटनामा परेको हो । ओरालोमा गुडिरहेको गाडी ब्रेक फेल हुँदा बाटोको कुनामा ठोक्किँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा अन्य मानवीय क्षति भएको छैन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । स्थानीय र प्रहरीको सक्रियतामा उद्धार कार्य जारी रहेको स्थानीय जनक केसीले बताए ।