जीवनमा सफलता कसरी पाउने रु पढ्नुहोस् सफलताको सुत्रहरु

Avatar photo
Dhadingpost
अशोज १३, २०७५

मानव जिवनमा हामी प्रतेक पलपलमा सफलताको खोजीमा हुन्छौ । तर पनि हामी असफल भइरहेका हुन्छौ किन ? हामीले आफुले गर्न चाहेको काममा कटिबद्ध भएर लागे सफलता प्राप्त गर्नसकछौ ।

यि हुन् जिवनमा सफलता सुत्रहरु

लक्ष्य हासिल गर्न वा सपना पूरा गर्न निरन्तरको प्रयास आवश्यक हुन्छ ।

–जुन काममा आफू रमाउन सकिन्छ, त्यही काममा हात हाल्नुपर्छ । पक्कै पनि सकारात्मक नतिजा प्राप्त हुनेछ ।

– स्वयं आफूलाई खुसी राख्ने उपाय खोजौं । यसले आफूलाई खुसी तुल्याउन कुनै अर्को व्यक्तिमा निर्भर हुनुपर्दैन ।

–नराम्रो बानी त्यागौं र नयाँ बानी अपनाऔं । जीवनशैलीमा नयाँपन ल्याउने प्रयास गरौं ।

–जीवनका ठूला–ठूला समस्या एवं चुनौतीसँग पनि डटेर लडौं ।

– अनावश्यक समय खर्च नगरौं । हरेक समय यस्तो काममा लागौं, जुन अर्थपूर्ण र उत्पादक होस् ।