विजया दशमीः टिकाको साइत सार्वजनिक

Avatar photo
Dhadingpost
अशोज ७, २०७५

काठमाडौ, असोज ७ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।

असोज २४ गते बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत रहेको छ । यो वर्षको असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् दशैँको टीका परेको छ । विजयादशमीका दिन बिहान ९ बजेर ५१ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ ।