काठमाडौं, असोज ४ । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले राजधानी बाहिर सार्वजनिक यातायात ठप्प पारेको छ ।
सरकारले ल्याएको सवारी ऐन चालकमैत्री नभएको भन्दै चालकहरुले सवारी साधन ठप्प पारेका हुन् ।
चालकलाई अपराधी सरह व्यवहार गरिएको भन्दै ऐनको संशोधन हुनु पर्ने माग राख्दै समितिले देशभरका चालकलाई यातायात नचलाउन भनेको छ । गत मंगलबारदेखि राजधानी बाहिर सार्वजनिक यातायात थप्प पारिएको छ ।
