नवलपरासी, असोज ४ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका– १ मा २७ वर्षीय रुपेश महतोको गए राति धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
घटनामा संलग्न भएको भन्दै प्रहरीले स्थानीय पाँच जना युवालाई गएराति नै पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य अभियुक्त भनिएका सुरज काउछासहित सागर थापा, मनोज कट्टेल, सन्तोष थापा र दिपेन रोका छन् ।
मादकपदार्थ सेवन गरेका पाँच जनाले उनलाई लखेट्दै धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ । मध्यविन्दु सामुदायिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
