काठमाडौं, भदौ १३ । प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको गठबन्धन सरकार भएपनि राजनीतिक तालमेल भने हुन सकेको छैन ।
स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा चुनावमा प्रदेश २ मा यी दुई दलबीच सहकार्य भएको थियो भने सरकार पनि यी दुई दल नै मिलेर बनाएका हुन् । तर, हाल आएर सरकार सञ्चालन तथा अन्य निर्णयको विषयमा यी दुई दलबीच कुनै सहकार्य हुन नसकेको बताइएको छ । जसका कारण यी दुई दलबीच दूरी बढ्न पुगेको छ ।
सरकार कसरी सञ्चालन गर्ने, विकासका कार्यहरु कसरी गर्ने भन्ने विषयमा दुई दलका मन्त्रीहरुको बीचमा समन्वय हुनुपर्ने भएपनि त्यो हुन नसकेको बताए । दुबै दलको नेतृत्व तहमा समेत त्यस्तो कुनै छलफल नभएको महासचिव यादवले बताए ।
फोरम नेपालका महासचिव रामसहाय यादवले सरकार सञ्चालनमा विषयमा आवश्यक समन्वय नभएको स्वीकार गरे ।
