सल्यानमा घर भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु

Avatar photo
Dhadingpost
भदौ १३, २०७५

दाङ, भदौ १३ । सल्यानको बागचौर नगरपालिका– ४ सेतीगुराँस भन्ने स्थानमा अबिरल वर्षाले घरको दलिन र भित्ता भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा रामसिंह, उनकी श्रीमती रामकला, छोरी गंगा र प्रमिला तथा छोरा रुपलालको मृत्यु भएको हो । ११ वर्षीया छोरी सुनितालाई भने जिवितै उद्धार गरिएको छ । सुनिताको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

घरमा सुतिरहेको बेला गएराति करिब साढे ९ बजेतिर घर भत्किँदा उनीहरु च्यापिएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घटनास्थलमा स्थानीयबासी र सीमाखोली प्रहरी इकाइको टोलीले उद्धार गरेको थियो । सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहितको टोली पनि घटनास्थल पुगेको छ ।