काठमाडौ, भदौ १२ । एक समय जतासुकै छाएको थियो – सुनकान्ड र गोरे । र अहिले त्यो एक्कासी सेलाएको छ ।
न त अहिलेसम्म सुन भेटियो न त त्यसमा संलग्न भनिएका ठुला माछा नै भेटिए ।
त्यस्तै सिन्डिकेट अन्त्य हुन्छ भने जनताले कत्रो आश गरेका थिए । तर त्यो पनि बिस्तारै सेलायो । सडकमा हेर्यो यातायतको मनोमानी, गुन्डागर्दी जस्ताको त्यस्तै छ । अब कतै यो सिन्डिकेट अन्त्य हुन्छ भन्ने कथा मात्र हुने हो कि भन्ने डर छ ।
आखिर सधैँ किन यस्तो हुन्छ रु कुनै राम्रो काम शुरु त हुन्छ तर बिचमा घाम अस्ताएजस्तो सेलाएर जान्छ । यसमा नेताको दोश कि हाम्रो पनि । यदी हामीले नेतालाई बेला बेला दबाब दिए यस्तो हुँदैँन थियो कि ?
अनि आर्को कुरा, अहिलेका सभामुख भनौदा ले आफैले आफुलाइ सुन तस्करको सानो माछा हु म, ठुला माछा धेरै छन भन्थे , के हुँदै छ ?
आफुले आफैलाइ तस्कर भनेका यी नालायक किन अहिलेसम्म सभामुख छनरु कुन मुख लिएर यी आज सम्म सभामुख भै रहेका छन रु यिनलाइ किन कारवाही नभाको ?
हिजो उत्तिकै गल्ती गरेका कानुन मन्तृको पद खोसियो , उनलाइ राजिनामा दिन लगाइयो तर दुर्गा प्रसाइलाइ आज सम्म केही गर्न सकेका छैनन । किन ?
एउटा आदिवासिको छोरालाइ मात्र कानुन लाग्ने , प्रसाईं लाई चाहिँ नलाग्ने हो र ? येस्तो त संविधानमा लेखिएको छैन नि ।
कि उनले केपि ओलिलाइ मामा भनेका भएर भान्जालाइ कारवाही गर्न नमिल्ने होरुरु कानुन त सबैलाइ बराबर हुनपर्ने हैन र ?
अनि आफ्नो मान्छे भनेर होकि, कानुनले अनि हिजो सर्वोच्च अदालतले हत्यारा भनेका बालकृष्ण ढुङ्गेललाइ आम माफी भनेर छुटाइयो । के नाटक भैराको छ यो ?
छिटो भन्दा छिटो सुन कान्डको सबै तस्करलाइ कारवाही होस । आफू नै ठूलो माछा हुन भने प्रम ले राजिनामा दिनुपर्यो हैन भने दोशिलाइ कारवाही गर्नु पर्यो ।
खाली हावा हावा भासण ठोक्दै हिड्यो । काम चाहिँ सिन्को नभाच्ने सरकारप्रती जनताले मुर्दाबातको गाना गाउन थालिसके ।
