अपरीचित ब्यक्तिले बिस्कुट र पानी खुवाई बेहो पारेर नगद लुटे

Avatar photo
Dhadingpost
भदौ १२, २०७५

बाँके, भदौ १२ । अपरीचित ब्यक्तिले बिस्कुट र पानी खुवाई बेहोस बनाई साथमा रहेको उक्त रकम लुटपाट गरी फरार भएको छ ।

भारतको सिमलाबाट बाँकेको रुपैडिहासम्म आउने क्रममा दैलेख कटिस नगरपालिका–५ बस्ने ३६ वर्षीय कालु विकको नगद १ लाख भारतीय रुपैयाँ र सोही ठाउँस्थित जगन्नाथ गाउँपालिका बस्ने २३ वर्षीय राजु विकको २५ हजार भारतीय रुपैयाँ लुटपाट भएको छ ।

उनीहरुलाई अपरीचित ब्यक्तिले बिस्कुट र पानी खुवाई बेहोस बनाई साथमा रहेको उक्त रकम लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ । लुटेराहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।