लहान, भाद्र ६ । सिरहा र सप्तरीको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेका छन् ।
यस्तै सप्तरीको सुरुङ्गा नगरपालिका–३ कडोरवोना चोकबाट प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका–९ का २२ वर्षीय नवराज खत्रीलाई पक्राउ गरेको हो ।
सिरहाको बरियारपट्टी गाउँपालिका–३ का ५० वर्षीय कुलदेव चौधरीलाई डेढ किलो गाँजासहित पक्राउ गरेका छन् ।
खत्रीको साथबाट लागूऔषध ५२ एम्पुल फेनारगन, ५३ एम्पुल लुपिजेसिक, ५२ एम्पुल डाइजेपाम र एक थान सिरिन्ज प्राप्त गरेको प्रहरीले बताए । सोही ठाउँका निरञ्जन कार्की र नारायण चौधरीलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेका छन् ।
