आगामी वर्ष विवाह गर्ने तयारि भइरहेको प्रियंकाको खुलासा

Avatar photo
Dhadingpost
भदौ १, २०७५

काठमाडौं, भदौ १ । अभिनेता आयुष्मान देशराज जोशी संग इन्गेजमेन्ट गरेकी अभिनेत्री प्रियंका कार्की आगामी वर्ष विवाह गर्ने तयारि भइरहेको बताएकी छिन् ।

नेपाली चलचित्र ‘ दाल भात तरकारी’ निर्माणको घोषणा भएको छ । दाल भात तरकारीलाई नेपालको हाँस्यविधाको चर्चित जोडी कलाकार मह जोडीले निर्माण गर्न लागेका हुन् ।

प्रियंका र वर्षाले चलचित्रमा आफ्नो भूमिका लामो र मूख्य पात्रको रुपमा हुनुपर्ने भन्दा पनि आफूले निर्वाह गर्ने भूमिकामा पांच मिनेटको नै रोल भएपनि राम्रो गर्न सकेमा दर्शकले चिन्ने बताएका छन् । यही प्रसङ्गमा वर्षाले छक्का पन्जामामा आफूले निभाएको भूमिका र त्यसबाट पाएको दर्शकको माया बारेउल्लेख गरेकी थिइन् ।

चलचित्रमा हाँस्यव्यंग्य कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ,  वसुन्धरा भुसाल लगायत अभिनेत्रीहरु निरुता सिंह, प्रियंका कार्की, वर्षा राउत र अभिनेता पुष्पल खड्काको अभिनय रहने बताइएको छ । पत्रकार सम्मेलनमा बताइए अनुसार, निरुता सिंह हरिवंशको जोडी भएर देखिनेछिन् । अभिनेत्री प्रियंका कार्की, वर्षा राउत र अभिनेता पुष्पल खड्काले मह जोडीले निर्माण गर्ने चलचित्रमा जोडिन पाउँदा खुशी व्यक्त गरेका छन् ।