काठमाडौं, भदो १ । भदौ १ गतेदेखि संचालन गर्ने भनिएको कलंकी अण्डरपास खुल्न अझै केही दिन लाग्ने भएको छ ।
काठमाडौबाट उपत्यका बाहिर जाने सवारी साधनको कारण कलंकीमा अत्याधिक ट्राफिक जाम हुने गरेको छ । त्यसबाट यात्रुले सास्ती व्यहोर्दै आएका छन् । अण्डरपास संचालनपछि अहिले भइरहेको ट्राफिक जाम ९० प्रतिशत कम हुने यातायात व्यवसायीहरु बताउँछन् ।
चीनको सहयोगमा चक्रपथ सुधार परियोजना अन्तरगत कलंकीमा २ वर्षअघि अण्डरपास निर्माण थालिएको थियो । सन् २०१६ मै सम्पन्न गर्ने लक्ष्य राखिएको अण्डरपास भूकम्पका कारण २०१८ सम्मको लागि म्याद थप गरिएको हो । ८ सय मिटर लम्बाईको अण्डरपासको ९५ प्रतिशत निर्माण सकिएको परियोजनाले जनाएको छ ।
लगातरको वर्षाले निर्धारित समयमा काम सम्पन्न हुन नसकेको परियोजनाले उल्लेख गरेको छ । परियोजनाका अनुसार निर्माण केही दिनभित्रै सम्पन्न गर्ने गरी कार्य भइरहेको छ ।
