काठमाडौं, साउन २३ । त्रिबि शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा. गोविन्द केसी पत्रकार सम्मेलनमै डाँको छाडेर रोएका छन् ।
लामो समयसम्म बिरामीको सेवा गर्न नपाएको भन्दै डाक्टर केसी सार्वजनिक मञ्चमै रोएका हुन् ।
डाक्टर केसीले गत साउन १० गते सरकारसँग सहमति भएपछि अनसन तोडनु भएको हो । तर उहाँ उपचारकै क्रममा रहेको कारण हालसम्म उपचार गराउन सकेका छैनन् ।
डा. गोविन्द केसीले आफूसँग भएका सम्झौताहरु तत्काल कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराएका छन् । झन्डै दुई साता उपचारपछि मंगलबार डिस्चार्ज भएका डा. केसीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गर्दै सम्झौता कार्यान्वयनको लागि सरकारलाई स्मरण समेत गराए ।
