रोल्पामा छोरीले बन्चरो प्रहार गर्दा बुवा घाईते

Avatar photo
Dhadingpost
साउन १८, २०७५

रोल्पा, साउन १८ । रोल्पा नगरपालिका ४ तित्रीकोटमा आफ्नै छोरीले बन्चरो प्रहार गर्दा बुवा घाईते भएका हुन् ।

राति राति १० बजेको समयमा १५ बर्षीया जानकी रावतले ३७ बर्षीय बुवा भविन्द्र रावतलाई टाउकोमा बन्चरो प्रहार गरेकी हुन् । घरायसी बिबादका कारण जानकीले बाबुमाथि बन्चरो प्रहार भएको प्रहरीले जानकारी दिएको छ ।

घाईते रावतको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।