जापान, साउन १५। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानले २४ औँ विश्व आदिवासी दिवसविशेष कार्यक्रम आयोजना गरेर मनाउने भएको छ ।
उक्त कार्यक्रममा जापानमा क्रियाशील महासंघमा आबद्द ११ संस्थाहरू तमु धीं जापान, तामाङ समाज जापान,किराँत याक्थुङ चुम्लुङ जापान ,थकाली सेवा समिति जापान ,शेर्पा संघ जापान ,नेपाल मगर संघ जापान ,किराँत राई योयाख्खा जापान ,मनाङ सोसाइटी जापान,थारु समाज जापान,नेपाल थामी समाज जापान,नेवा जागरण मंच जापानको सह आयोजनामा २४ औँ विश्व आदिवासी दिवस समारोह २०१८ कार्यक्रम तयारी तिव्र रुपमा भैरहेको कार्यक्रम संयोजक कर्मा वांगेल लमाले बताउनु भयो ।
उक्त कार्यक्रमको दिन जापानवासी नेपालीहरुलाई गरिमामय उपस्थितिको लागि जनजाति महासंघ जापानले हार्दिक निमन्त्रणा गरेको छ ।
नेफ़िन जापानले विश्व आदिवासी दिवस समारोह २०१८ शिन ओकुवोको रोयल गार्डेन रेष्टुरेण्टको सभा हलमा विशेष कार्यक्रम गरि मनाउन लागेको संस्थाका अध्यक्ष टेक बहादुर (सुमनु ) लिम्वुले जानकारी दिनुभयो ।
