पोखरा, साउन २ । पोखरा विश्वविद्यालयको सिनेटर बैठक र संसदमा पनि सम्बोधन गर्ने गरी प्रधानमन्त्री पोखरा आउन लागेका नेकपाले जनाएको छ ।
केन्द्रीय समितिकै निर्णय अनुसार कुनै पनि बैठक सञ्चालन गर्न नदिने कांग्रेस गण्डकी प्रदेशका उपनेता मेखलाल श्रेष्ठले बताए । ‘केन्ऽकै निर्णयअनुसार अवरुद्ध गर्न लागिएको हो । नेकपालाई जानकारी पनि गराइसकिएको छ’, उनले भने ‘बिहीबारको बैठक चल्न सक्दैन । चल्न नदिने पार्टीको निर्देशन छ ।’
प्रदेशसभा सांसद राजीव पहारीले देशको प्रधानमन्त्रीले प्रदेशको संसदमा सम्बोधन गर्नु एउटा अवसर भएकाले अवरोध नगर्न कांग्रेससँग आग्रह गरेका छन् ।
‘देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम अवरोध गर्नु उचित हुँदैन । कांग्रेसका लागि पनि यो एउटा अवसर हो,’ पहारीले भने, ‘कांग्रेसले प्रधानमन्त्रीको सम्बोधन नै रोक्नु भन्नु कमिलाको प्वाँख पलाएजस्तै हो ।’
बिहीबार गण्डकी प्रदेशको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
तर, प्रधानमन्त्रीले संबोधन गर्ने पदेशसभा बैठक भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने अवरोध गर्ने बताएको छ ।
