काठमाडौं, असार २ । सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको नेपाली कांग्रेसले बुधबार बिहान पदाधिकारीहरुको बैठक बोलाएको छ ।
कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले साउन ३, ५ र ८ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय समेत भएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
केन्द्र र प्रदेश सरकारका गतिविधिप्रति असहमति राख्दै कांग्रेसले सरकारविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।
प्रमुख विपक्षी कांग्रेसले साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्नेसहितका सरकार विरुद्धका कार्यक्रमहरु तय गरेको छ ।
बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बोलाइएको बैठकमा सरकारविरुद्ध घोषित आन्दोलन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको महामन्त्री डा. शशांक कोइरालाले जानकारी दिए ।
