काँग्रेस ३ गतेबाट संसद र सडक संघर्षमा

Avatar photo
Dhadingpost
साउन १, २०७५

काठमाडौं, साउन १ । काँग्रेसले बहुुमतका नाममा सरकारले अधिनायकवादी रबैया देखाएको भन्दै संसद र सडक संघर्षका कार्यक्रम अघि सारेको छ ।

डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता तथा सरकारको अधिनायकबादी शैलीविरुद्ध काँग्रेसले साउन ३ गतेदेखि आन्दोलन गर्ने जनाएको हो ।

काँग्रेसले साउन १५ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरिने जनाएको छ ।

जसअनुुसार साउन ३ गते संसद अवरुद्ध गर्ने र सोही दिन सडकमा विरोध प्रदर्शन गरिनेछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभामा पनि माथेमा कार्यदलको प्रतिवेदनका आधारमा यसअघि नै संसदमा दर्ता गराइएको चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्नुपर्ने भन्दै सांसदहरुले विरोध गर्ने कार्यक्रम रहेको पिन जानकारी दिइएको छ ।

सोही दिन नेपाल चिकित्सक संघ र प्रजातन्त्रवादी प्राध्यापक संघको अगुवाईमा माइतीघर मण्डलाबाट शुरु हुने विरोध प्रदर्शन नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा अगाडि पुगेर कोणसभा परिणत हुने बताईएको छ ।

चिकित्सा शिक्षाको विरोधमा तरुण दलले साउन ५ गते काठमाडौंमा प्रदर्शन गर्ने कार्यक्रम तय भएको काँग्रेसले जनाएको छ ।
यसैगरी, साउन ६ गते विपी कोइरालाको स्मृति दिवसको अवसरमा केन्द्र र जिल्लामा विविध कार्यक्रम गरिने काँग्रेसले जनाएको छ ।