लेखापाल घुस रकमसहित नियन्त्रणमा

Avatar photo
Dhadingpost
असार २९, २०७५

काठमाडौं, २९ असार । फेटा गाउँपालिकाको कार्यालयका लेखापाल सौरभकुमार साहलाई घुस रकमसहित नियन्त्रणमा लिइएको छ ।

निजलाई रु ३० हजार घुसवापतको रकम लिएको अवस्थामा निजको कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

एच आइ भी सम्बन्धी जनचेतनामूलक कार्यक्रमका लागि खर्च भएको रकम भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडा मकवानपुरबाट खटिगएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।