काठमाडौ, असार २८ । १२ दिनदेखि अनशनरत डा.गोविन्द केसीलाई लिन बुधबार काठमाडौंबाट चिकित्सकसहितको टोली जुम्ला जाने तयारी भएको छ ।
सेनाको हेलिकोप्टर जाने व्यवस्था मिलिसकेको थियो । तर, उड्ने तयारीमा रहेको हेलिकोप्टर काठमाडौंमै रोकियो ।
आफू काठमाडौं नफर्किने जवाफ डा. केसीले फोनबाटै दिएपछि चिकित्सकसहितको टोली रोकिएको हो । नेपाल चिकित्सक संघका पदाधिकारीलाई केसीले यस्तो जवाफ दिएका हुन् ।
