एजेन्सी, असार २७ । हिंसा र अत्याचारका कारण आ–आफ्नो देशबाट विस्थापित हुन बाध्य भएका नागरिकलाई राष्ट्रसंघका महासचिवले एन्टोनियो गुटेर्रेसले आग्रह गरेका छ ।
हाल त्यहाँ करिब आठ लाख शरणार्थी रहेका छन् ।‘विश्वमा शरणार्थी तथा आफ्नै देशभित्र पनि विस्थापित नागरिकले निकै दयनीय जीवन बिताउन बाध्य भएका छन्, उनीहरुलाई आवश्यक सहयोग र समन्वयका लागि म सबैसँग आग्रह गर्दछु,’ महासचिव गुटेर्रेसले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
महासचिव एन्टोनियो गुथ्रेसले विस्थापन हुनु तथा शरणार्थीका रूपमा बाहिरिनु मानिसको बाध्यता भएकोले अप्ठेरोमा परेका नागरिकलाई आवश्यक सहयोग गर्न आग्रह गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । सन् २०१७ को अन्त्यसम्ममा छ करोड ८५ लाख मानिस कुनै न कुनै रूपमा विस्थापित भएको संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ।
यसरी आफ्नो देश वा इलाकाबाट विस्थापित हुने सर्वसाधारणमा प्रायः म्यानमार र सिरियाका धेरै रहेका छन् । सन् २०१७ को अन्त्यसम्ममा विश्वभरबाट विस्थापित हुने व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा ३० लाखले बढेको हालै सार्वजनिक गरिएको सो प्रतिवेदनमा जनाइएको छ ।
महासचिव गुटेर्रेसले हालैमात्र म्यानमारबाट भागेर बंगलादशेको कोक्स बजारमा शरणार्थीका रूपमा बसिरहेका रोहिन्जा शरणार्थीको शिविर भ्रमण गरेका थिए । उक्त भ्रमणका क्रममा उनले ती शरणार्थीहरुले आधारभूत खाना र बासको अभावमै अत्यन्तै कष्टपूर्ण जीवन बिताउन बाध्य भएको तथ्य देखेको बताएका थिए ।
