काठमाडौं, असार ७ । गायक महेन्द्र रायमाझीको ‘हेर यि आँखामा’ बोलको गितको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।
गायक रायमाझी रेडियो नेपालका अंग्रेजी समाचार बाचक समेत हुन् ।
चर्चित नायिका तथा मोडेल रिमा बिश्वकर्मा र नव कलाकार मिलन खड्काको दमदार अभिनय रहेको यस भिडियोलाई उत्सव दाहालले खिचेका हुन् ।
युवा गितकार डि।पी खनालको शब्द रचना रहेको यस गितमा चर्चित संगीतकार शंकर थापा ‘स्माईल’ को मिठो संगीत तथा विश्व अधिकारीको संगीत संयोजन रहेको छ ।
निर्देशक युवराज वाईबाले निर्देशन गरेको भिडियोमा सम्पादन भने निशान घिमिरेको छ । यस भिडियोलाई डश म्युजिक प्रा।ली ले प्रस्तुत गरेको हो ।
