धादिङ जेठ १३ । नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले कम्युनिष्टको सर्वसत्तावादको आडमा समाजमा हुन सक्ने अनियमिता र भ्रष्टचार विरुद्ध तरुण दल चनाखो बन्न आग्रह गरे ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल नगर स्तरिय तरुण प्रशिक्षण कार्यक्रमका प्रमुख अतिति समेत रहेका धमलाले शुसासन र समृद्धिका लागि गाउँ गाउँ टोल टोलमा तरुण दल जागृत हुनु पर्ने बताउँदै चनाखो बन्न आग्रह गरेका हुन् ।
शनिवार तरुण दल नगर समिती धादिङ्गले आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरुले बलले मात्र काम हुन नसक्ने भन्दै बलसंगै बुद्धीको पनि प्रयोग गर्नुपर्ने बताए । भाषण गरेर मात्र माथि नपुग्ने भन्दै काम गर्नपनि कार्यक्रममा वत्ताहरुले सुझाएका थिए ।
तरुण दल नीलकण्ठ नगरपालिकाका अध्यक्ष गोपी भण्डारीको सभापतित्वमा भउको उक्त नेपाली काँग्रेसका जिल्ला तहका नेता तथा तरुण दलका जिल्ला स्तरीय नेता तथा कार्यकर्ता उपस्थिति रहेको थियो ।