असार २९ बाट बाबु कान्छा रिलिजमा

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १०, २०७५

काठमाडौ, जेठ १० । यसअगाडि गतबर्षको मंसिरलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘बाबु कान्छा’ सो मितिमा रिलिज हुन सकेन । अब, भने चलचित्रको नयाँ प्रदर्शन मिति तय गर्दै फस्टलुक रिलिज गरिएको छ ।

चलचित्रमा बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन, रामजी लामिछाने र दिपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, राज खड्काको सम्पादन, टंक वुढाथोकीको सम्पादन छ ।

यो चलचित्र अब असार २९ गतेबाट रिलिज हुनेछ । नायक सलोन बस्नेतको क्रेज बढ्दै जाँदा बाबु शोभित बस्नेतले निर्देशन गरेको यो चलचित्रलाई असारमा रिलिज गर्न लागिएको हो । चलचित्रमा सलोनको साथमा नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला, करिश्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा नव–कलाकार अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनको पनि मुख्य भूमिका छ । संचारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा सन्तोषराज भण्डारी र सुरज घिमिरे सह–निर्माताको रुपमा छन् ।