धादिङको मजुवा घले गाउँ

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ १, २०७५

धादिङ । काठमाडौंबाट लगभग १० घन्टाको सडक यात्राबाट पुगिने धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सदरमुकाम धादिङवेसीबाट १६ कोश टाढा गंगा–जमुना गाउँपालिका ५ मजुवा घले गाउँको आफ्नै ईतिहास छ ।

आजभन्दा लगभग १५० बर्ष पहिले हजुरबुबा कर्ण बहादुर घले सामारी दाजुभाईहरु गोर्खाको बारपाकबाट कासी गाउँ मन्वु बसेरी हुदै बसाइँसरार्इ आएसँगै “मजुवा घले गाउँ” बनेको पाइन्छ ।

हजुरबुबा इडियन आर्मीका हल्दार र गाउँको मुख्य पनि हुनुहुन्थ्यो त्यहीँ कारण हाम्रो भाइ खलक नै मुख्य खलक पनि भन्ने गरिन्छ ।
यस गाउँमा कर्ण बहादुर घले सँगै अरु घलेहरु पनि आउनु भएको रहेछ ।

डाँगे, घले, क्यासुरुङ, तङ्बाई, ग्याल्दङ लगायत ग्याल्दङ को खलक आजभोलि पनि गोर्खा कासी गाउँमा आफन्तहरु छन् । हाम्रो घले गाउँको माथी भर्केलीमा र बेसिमा केही घर शेर्पा जातिहरुको पनि बसोबास रहेको छ ।

लगभग ११५ घर धुरी घले जाती रहेको छ, भने पूर्वमा गुम्दी मार्पाकमा घले गाउँ रहेको छ । अर्को तर्फ बसेरी बुढाथुम रहेको छ । यहाँको घलेहरुले प्राय विवाह छिमेकी घले गाउँ आरुबोटे, भोर्ले, मन्बु, कासी गाउँ गुम्दीमा सोलिडोली गर्दै आउनु भएको छ ।

गाउँको मुख्य आयस्रोत भनेको कृषि र वैदेशिक रोजगार नै हो भारतीय सेनामा जागीरे लगायत धेरै जना पेन्सन वाला हुनुहुन्छ ।

गाउँमा बिकास निर्माणको साथै सडक यातायात लगायत बिजुली बत्तीको सबै सुबिधा रहेको छ । प्राथमिक विद्यालय पक्की भवन र पर्यटनको लागि माथी तिनसुरे डाँंडा (गाउँले भाषामा तिन्कन चो) गुम्बा धेरै नै रमाइलो दृश्य र छेउमा प्रख्यात धर्मिक स्थाल गंगा जमुना झरना रहेको छ ।

नर बहादुर घले
अध्यक्ष
लिःल फङ घले समाज यूएई