एजेन्सी । इबोला भाइरसका कारण अफ्रिकन मुलुक कंगोमा १७ जनाको मृत्यु भएको छ ।
संक्रमित दुई जनाको भने उपचार भइरहेको छ । कंगोको बिकोरो शहरमा मात्रै चार जनाको मृत्यु भएको हो ।
आशंकित पाँच जनाको रगत परीक्षणबाट दुई जनामा उक्त रोग फेला परेपछि इबोला भएको पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
बिकोरो शहरमा तत्काल रोकथाममा लागि सरकारसँग मिलेर काम गर्नु पहिलो प्राथमिकता भएको डब्लूएचओले जनाएको छ।
सन् २०१४ मा इबोला भाइरसका कारण गिनिया, सियरालियोन र लाइबेरियामा मात्र ११ हजार मानिसको मृत्यु भएको थियो ।