अमेरिका र इरान बिच मंगलबार अन्तर्राष्ट्रिय सम्झौता कायम गर्ने तयारी

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख २५, २०७५

एजेन्सी । इरानसँग भएको अन्तर्राष्ट्रिय सम्झौतासँग अमेरिका अलग हुने वा कायम रहने भन्नेबारे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार साँझ घोषणा गर्ने बताएका छन् ।

अमेरिका, ब्रिटेन, फ्रान्स, रुस र चीनका साथै जर्मनीसँग भएको उक्त सम्झौताका अनुसार इरान आफ्नो परमाणु कार्यक्रम बन्द गर्नका लागि राजी भएको थियो । त्यसको बदलामा इरानमाथि लागेको प्रतिबन्ध खुकुलो गर्ने शर्त थियो ।

उनले यसबारे ट्वीटरमार्फत जानकारी दिएका हुन् र
राष्ट्रपति बनेदेखि नै ट्रम्प, इरानसँग भएको अन्तर्राष्ट्रिय सम्झौताका कटु आलोचक रहँदै आएका छन् ।