धादिङ बैशाख २२ । धादिङबेसी सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका स्तरीय तरुण दलको अध्यक्षमा गोपी कृष्ण भन्डारी चयन भएका छन् ।
तरुण दलका केन्द्रिय सदस्य गोपाल विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको नलकण्ठ नगरपालिका स्तरीय भेलाबाट भण्डारी अध्यक्षमा चयन भएका हुन् ।
धादिङको फुटबल खेल सँग जोडिएर आउने नाम गोपी कृष्ण भण्डारी नीलकण्ठ नगरपालिका वर्डा नं. ३ का वडा सदस्य तथा धादिङ जिल्लाको एक मात्र फुटसल एकेडेमीका संचालक समेत हुन् ।
भेलाले उपाध्यक्षमा दिनेश थापा, सचिव ठाकुर कुमाल, सह सचिव गोकर्ण विश्वकर्मा, कोषाध्यक्षमा नवराज दुवाडीलाई चयन गरेको छ ।
भेलाका प्रमुख अतिथि विश्वकर्माले युवाहरु विकास र खेलका संवाहक हुन् यीनै युवाहरुको संगठन तरुण दल भएको बताएका थिए । जहा युवा त्यहा तरुणका लक्ष्य सहित नगर कमिटी गठन भएको उनले बताएका थिए ।