बेलायतको स्थानिय निर्वाचनमा नेपाली मुलका उम्मेदवार

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २१, २०७५

राजु भट्ट
बेलायत बैशाख २१ । बेलायतमा बिहीबार भएको स्थानीय तहको निर्वाचनमा नेपाली मुलका नागरिकहरु समेत चुनावी प्रतिस्पर्धामा छन् ।

न भिडभाड, न कुनै सुरक्षा व्यवस्था, न रमितेहरु, उक्त निर्वाचनमा नेपाली मुलका नागरिकले विभिन्न पार्टी र पदमा उम्मेदवारी दिएका हुन् उम्मेदवारी दिनेमा नेपाली मुलक नागरिकहरु लक्ष्य गुरुड्ग (बार्नेट) कन्जरभेटीभ पार्टी, कमल गुरुड्ग लेवर पार्टी, बिष्णु बहादुर गुरुड्ग हग्स्लो लेवर पार्टी, लीला सेलीड्ग मावो लेवर पार्टी, सुरेन्द्र ढुड्गाना इलीड्ग कन्जरभेटीभ पार्टी, लक्ष्मण गुरुड्ग वारटन बरो, लण्डन, आनन्द राई फेलथाम कन्जरभेटीभ पार्टी, री.मेजर चित्र राना, कन्जरभेटीभ पार्टी रहेकाछन् ।

देशभरका मतदाताले निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाएको सरकारले जनाएको छ । दशौं लाख मतदाताहरूले गरेको मतदानलाई प्रधानमन्त्रीको पहिलो ठूलो परीक्षणको रूपमा पनि हेरिएको छ ।

नेपालका राजनीतिक दलहरुले अनुसरण गर्नु पर्ने यस निर्वाचनको खर्च, प्रचार र चुनावी मतदान स्थानमा चाहिने कर्मचारी व्यवस्था अत्यन्त मितव्ययीता रहेको थियो । एउटा मतदान केन्द्रमा ३ जना कर्मचारी देखिन्थे भने खास सुरक्षा कर्मचारीहरु देखिँदैन थिए ।

देशभरी रहेका १५० परिषद् क्षेत्रमा निर्वाचन भएको हो । सवै परिषद्मा गरेर झण्डै ४४ सय सिट रहेको छ । प्रधानमन्त्री टरेसा मे र उहाँका श्रीमान् फिलिपले लण्डनको वेस्टमिनिस्टर मतदान केन्द्रबाट मतदान गरेका थिए ।