लेदो सहितको धमिलो पानी खानयोग्य ठानेर पठाउनेलाई के भन्ने ?

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २०, २०७५

धादिङबेसी बैशाख २० । धादिङबेसीमा खानेपानीको समस्या नयाँ होइन भएको खानेपानी विस्तारमा पनि हुँदै आएको चरम लापर्वाही जननिर्वाचित पदाधिकारी आए पनि ज्यूँका त्यूँ रहेका छन् ।

आकाशबाट जव पानी पर्छ, तव घरका धारामा धमीलो लेदो सहितको पानी आउँछ । यस्तो पानी खान योग्य ठानेर पठाउनेलाई के भन्ने ? धमिलो पानी देखाउँदै स्थानिय आक्रोस व्यक्त गर्दछन् ।

खानेपानी कै कारण केहि दिन देखि जिल्ला अस्पतालमा झाडा पखालाका विरामीहरु बढेर गएका छन् । पानी शुद्धिकरण गरेर नखाँदा अमिवा जिवाणुले पखाला लागेको जिल्ला अस्पताल धादिङका कृष्ण उप्रेतीले सार्वजनिक मिडियामा बताईसकेका छन् ।

यस्ता समचार स्थानिय मिडियामा जति नै आएपनि धादिङबेसीमा रहेका सरोकारवालाहरुको पटक्कै ध्यानजान सकेको छैन ।

सदा जस्तै विहिबार पनि सदरमुकामबासीको घरका धाराहरुमा लेदो सहितको पानी आयो । खान योग्य भनेर पठाउने निकाएको ध्यानाकृष्ठ गर्दै बद्री अधिकारीले आफ्नो फेसबुकमा फोटो पोष्ट गर्दै लेख्छन्- तस्बिर आफै बोल्छ ।

यस्तै विमल राज आफ्नो फेसबुकमा व्याङ्ग्य गर्दै लेख्छन् -धारा मै, ट्याङ दिमाग, ह्याङ
केही दिन यता परेको वर्षात पछि जिल्ला सदरमुकाम धादिङ्गबेशीको घर-घरको धारामा ट्याङ्ग पानी आउन थालेको छ । गर्मी मौसममा चिनी मात्र मिसाए हुने ट्याङग जस्तो पानी धारा मै आउन थाले पछि व्यापारी चिन्तीत भएका छन् भने जनमानसमा भने खुशीको वाढी नै आएको छ । व्यापारिहरुले यो सिजनमा ट्याङ्को व्यापार गर्नै नसकिने चिन्ता व्यक्त गर्दै गर्दा स्थानीय भने केही दिनको वर्षा मै ट्याङ्गपानी आएकोले वर्षाद अन्त नहुन्जेल सम्म निरन्तर ट्याङ्गपानी आउनेमा ढुक्क भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

धादिङपोष्टले पनि बारम्बार खानेपानीको लापर्वाही बारेमा समाचार लेख्दै आएको छ, तर आशा र भरोसा गर्दै नगरपालिकामा जिताएका जनप्रतिनीधिहरु किन यस विषयमा चासो दिई रहन सकेका छैनन् ।

खोलामा जस्तो भल आयो त्यस्तै घरका खानेपानी धारामा पठाउनु चरम लापर्वाहीको पराकाष्ट भएको भन्दै केहि बजारबासी नगरपालिकाको उदासिनताको विरुद्ध आन्दोलन गर्ने तयारी गरेको समेत बुझिएको छ ।

स्मार्ट सिटी बनाउने योजनामा लागेको नीलकण्ठ नगरपालिकाले शिक्षा, स्वस्थ्यमा आमुल सुधार र उद्योग व्यवसायलाई उचित प्रत्सोहान गर्न चुकेको प्रष्टै देखिन्छ ।

यो पनि पढौं

मेयर ज्यू, कहिले सम्म धारामा धमिलो पानी आउँछ ?

धादिङबेसीका घरमा धमिलो पानी वितरण सरोकारवाला निकाय मौन