एजेन्सी । आज बिहान अफगानिस्तानको काबुलमा बम बिस्फोट हुँदा एएफपीका मुख्य फोटो पत्रकार र ३ अन्य पत्रकार सहित २१ को मृत्यु भएको छ ।
पहिलो विस्फोटको १० मिनेट पछि दोस्रो विस्फोट भएको थियो । दोस्रो विस्फोटमा पत्रकारको समूह विस्फोटमा परेको थियो । हालसम्म विस्फोटको जिम्मा कसैले लिइसकेको छैन ।
पाकिस्तानी गृह मन्त्रालयका प्रवक्ता वाहिद मजरूहले उक्त घटनाको पुष्टि गरेका हुन् । उक्त विस्फोटमा ४५ घाइते भएका छन् ।
पहलो विस्फोट स्थानीय समयानुसार विहान ८ बजे भएको थियो । आत्मघाती विस्फोटबाट त्यहाँको सरकारी सुरक्षा अनुसनधान विभागको बाहिरी भागमा क्षति पुगेको छ ।