काठमाडौ बैशाख १५ । सिजन मिडिया प्रा.लि. ले एसइई परिक्षा दिएर वसेका युवतीहरुमा केन्द्रित गरी विगत ८ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको ९ ह्वाइ हाउस एसएलसी प्रिन्सेज २०१८ अडिसन सम्पन्न भएको छ ।
नेपाली फोटो पत्रकारितामा छुट्टै पहिचान बनाउन सफल पछिल्लो पुस्ताका जुझारु युवा प्रदिपराज वन्त को सिजन मिडिया प्रा.लि. ले उक्त अडिसनवाट ३० जना प्रतियोगीहरु छनौट गरिएको छ ।
अडिसन कार्यक्रममा निर्णायक मण्डलमा कोरियोग्राफर रोजिन शाक्य,शिक्षक प्रेम गुरुङ र सिजन मिडियाका इभेन्ट म्यानेजर रेजिना तुलाधर रहनु भएको थियो ।
आज भएको छनौट चरणमा पर्न सफल छात्राहरुको लागि वैसाख १७ गते सोमवारवाट प्रशिक्षण कार्यक्रम संनचालन गरिने छ ।
प्रशिक्षणको क्रममा उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर , नेतृत्वदायी क्षमताको विकास साथै उच्च शिक्षाको मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले साथै यसले उनीहरुको उच्च शिक्षा अध्ययनमा सहयोग र उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने खालका प्रशिक्षणहरु प्रदान गरिने छ ।
त्यसैगरि प्रशिक्षणको क्रममा पौडी, शारारिक फिटनेश ,फोटो सेसन,दामन भ्रमण,टेवल म्यानर,विभिन्न प्रतियोगीतात्मक खेलकुदका कार्यक्रमहरु,व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । साथै उच्च शिक्षाको लागि कलेजले लिने इनट्रान्स परिक्षाको लागि तयारी कक्षाहरु पनि अध्यापन गराइनेछ ।
विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल, नारकोनन नेपाल,वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया सम्वन्धी जानकारी, कल्चरल भिजीट, विभिन्न कलेजको भ्रमण र हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ ।
असारको पहिलोे साता उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा हुनेछ । प्रतियोगिताका विजेताले “एसएलसी प्रिन्सेज २०१८” को ताज उपाधि सहित उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति ल्यापटप, मोवाइलफोन र ५ दिनको वैङ्कक भ्रमणको अवसर प्रदान गरिने छ साथै अन्य गिफ्टहयाम्पर पाउने छिन ।
फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति साथै ल्यापटप मोवाइल आदि उपहारहरु पाउनेछन र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न २१ विधामा पनि विजेता छनौट गरिनेछ ।