चीनका एकजना शिक्षक चर्चामा छन् । लियु चीनमा सबैभन्दा धेरै कमाउने शिक्षकहरुमा पहिलो नम्बरमा पदर्छन् । मानिसहरु उनको कमाईका बारेमा सुनेर अचम्ममा पर्दछन् ।
ट्युसन पढाएरै खर्बपति बनेका छन् । अहिले उनीसँग १ खर्ब रुपैयाँ बराबरकोे सम्पत्ति छ । उनि चीनका सबैभन्दा धनी शिक्षक हुन् ।
गणित शिक्षकको रुपमा टिएएल कम्पनीमा छिरेका उनी सन् २००५ मा माध्यमिक तह महाशाखाको निर्देशक भए । उनी शिक्षण तथा अनुसन्धान विभागको प्रमुख समेत हुँदै सिओओमा बढुवा भएका हुन् ।
चीनका ३६ वर्षीय लियु याचोले केही वर्षयता राजधानी बेइजिंगमा विद्यार्थीहरुलाई गणित विषयको ट्युसन पढाउँदै आएका छन् । उनले टिएएल एजुकेसन ग्रुप नामक शिक्षण कम्पनीमा पढाउने काम गर्दछन् । उक्त कम्पनीका सिओओ समेत रहेका उनी यो वर्ष डलर अर्बपति बनेका छन् । अर्थात् उनको सम्पत्ति खर्ब रुपैयाँ भन्दा धेरैको भएको छ ।
स्मरण रहोस् चीनमा बच्चाबच्चीको शिक्षामा बाउआमाले औषतमा ४२ हजार ८९२ डलर सम्म खर्च गर्दछन् र त्यसको ९३ प्रतिशत प्राइभेट ट्युसनमा खर्च हुन्छ ।
टिएएल कम्पनीको कूल बजार मूल्य २१ अर्ब १० करोड डलर पुगेको छ । जसका कारण कम्पनीका संस्थापक झांग बांग्जिन ६ अर्ब ६० करोड तथा लियु १ अर्ब डलर सम्पत्ति सहित विश्वका अर्वपतिको सूचिमा पर्न सफल भए ।